निर्वाचन आयोगले सरकारले मन्त्रिमण्डलको पुनर्गठन र नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सक्ने वा नसक्ने भन्ने विषय निर्वाचन आचारसंहिताको कुनै पनि बुँदामा उल्लेख नभएको स्पष्ट गरेको छ ।
उपनिर्वाचनको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार भेटघाटमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले आचारसंहिताको कुनै पनि बुँदामा सरकारले प्रदेश प्रमुख र मन्त्रिपरिषद् पुनर्गठन गर्न नसक्ने भन्ने कुरा छैन, आचारसंहिता पालना गर्ने नैतिक प्रश्नसँग जोडिएको विषय हो। सरकार, सम्पूर्ण राजनीतिक दलका प्रमुख र प्रतिनिधि बसेर बनाएको निर्वाचन आचारसंहिता आयोगले स्वीकृत गरेर लागू गरेको उनले स्पष्ट गरे।
निर्वाचन आचारसंहिता लागू भइसकेपछि सरकारले पुराना प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ नि भन्ने सञ्चारकर्मीका जिज्ञासाका जवाफमा उनले भने, ‘यस विषयमा सरकारले आयोगको सहमति लिएको छैन, आयोग गम्भीर छ, हामीले गम्भीरतापूर्वक छलफल गरेका छौँ।’ रासस
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया