नेपालीको समस्या समाधानतर्फ लाग्छौंः युएई एनआरएन अध्यक्ष श्रेष्ठ (भिडियो अन्तर्वार्ता)

बिएल

युएईमा बीएल (भाग–६)

कुनै बेला लुकीछिपी विभिन्न होटल तथा मजदुर क्याम्पमा कार्यक्रम गर्दै आएको युनाईडेट अरब इमिरेट्स (युएई) को एनआरएनए अहिले ढुक्कसँग कार्यक्रम गर्ने अवस्थामा पुगिसकेको छ।

युएईमा कुनै पनि विदेशी संस्था दर्ता हुनु आफैमा असम्भव मानिन्छ। यहाँको कानुन अनुसार प्रक्रिया पुरा गर्न निकै गाह्रो छ। त्यसैले थुप्रै संस्थाहरू गैरकानुनी रुपमा सञ्चालन हुँदै आइरहेका छन्।

तर, एनआरएन युएईले कानुनी मान्यता मात्र होइन, पछिल्लो समय स्थानीय सरकारको सहयोग पनि पाउँदै आइरहेको छ।

एनआरएन युएई सन् २०१८ को डिसेम्बर २६ मा विधिवत रुपमा दर्ता भएको थियो। हाल संस्थाको अध्यक्ष रमेश श्रेष्ठ छन्।

उनी २०१६ मा थालिएको कामले ७ महिनाअघि आकार लिएको बताउँछन्। ‘हामीले २०१६ मै कानुनी प्रक्रिया अगाडि बढाएका थियौं। गत वर्ष डिसेम्बरको अन्त्यमा मात्र आएर मान्यता पायौं। यसबीचमा हामीलाई कानुनी कागजपत्र मिलाउन धेरै समय लाग्यो,’ अध्यक्ष श्रेष्ठले ब्रेक एन लिंक्स (बीएल) सँग कुरा गर्दै भने, ‘अब हामीलाई ढुक्क छ। हाम्रो अबको कार्यक्रमलाई यहाँको सरकारले गैरकानुनी भन्न सक्दैन।’

उनले युएईमा काम गर्दा सरकारसँग २१ दिनअघि अनुमति माग्नु पर्ने नियम रहेको बताए।

उनी भन्छन्, ‘हामीले युएईमा रहेका विभिन्न खाले नेपाली संघ–संस्थालाई कानुनीलाई पछ्याएर मात्र काम गरौं भनेका छौं। यहाँको कानुन कडा भएको हुनाले कानुन हातमा लिन हुन्न भन्ने हाम्रो मान्यता छ। यहाँ रोजगारीका लागि बसेका अन्य नेपालीलाई गाह्रो पार्नु हुन्न।’

युएईको विषयमा उनीसँग बीएलले गरेको भिडियो कुराकानी यस प्रकार रहेको छ।

 

 

प्रकाशित मिति: : 2019-07-09 16:28:39

प्रतिकृया दिनुहोस्