उपनिर्वाचनका लागि ६ बुँदे आचारसंहिता जारी

फाइल तस्बिर

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि ६ बुँदे आचारसंहिता जारी गरेको छ । आयोगले बिहिबार एक विज्ञप्ति जारी निर्वाचन आयोग ऐन अन्तर्गत शुक्रबारबाट लागू हुनेगरी आचारसंहिता सार्वजनिक गरेको हो ।

विज्ञप्तिमा राजनीतिक दल र उम्मेद्वारका हकमा आचारसंहिता लागू हुने मितिदेखि अन्तिम निर्वाचन परिणाम नआउन्जेलसम्म सामान्य आचारण र विषयगत आचरणका विषयहरु लागू हुने जनाइएको छ ।

प्रकाशित मिति: : 2019-10-24 16:10:56

प्रतिकृया दिनुहोस्