कमल थापा नेतृत्वको राप्रपाका ५३ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

फाइल तस्बिर

कमल थापा नेतृत्वको राप्रपाका ५३ नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्दैछन् ।

बिहीबार कांग्रेस पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच राप्रपाका नेता पूर्णबहादुर बूढाको नेतृत्वमा डोल्पाका ५३ नेता कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् ।

उनीहरुलाई कांग्रेस पार्टी कार्यालयमा सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 कांग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन आज बैठक बोलाएको छ ।।

मङ्सिर १४ गते हुने उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।

प्रकाशित मिति: : 2019-10-24 15:05:55

प्रतिकृया दिनुहोस्