अमेरिकी अन्तरिक्ष संस्था नासाले गत ७ तारिखदेखि सम्पर्कविहिन रहेको भारतको विक्रम ल्यान्डर कसरी सफल भयो भनेर तस्बिर सार्वजनिक गरेको छ।नासाले विक्रम ल्यान्डरले अवतरण गर्ने स्थानको हाइ रिजोलुसन तस्बिर सार्वजनिक गरेको छ।
बिहीबार यी तस्बिरहरु सार्वजनिक गर्दै नासाले भनेको छ,‘हामीले चन्द्रयान २ विक्रम ल्यान्डरको अवतरणस्थलका तस्बिर खिचेका छौं। तस्बिर अँध्यारोमा लिइएको छ। विक्रम ल्यान्डरको स्थितीको बारेमा जानकारी छैन। अक्टुबर महिनामा उज्यालो भएपछि बाँकी तस्बिर खिच्नेछौं।’
नासाले आफ्नो वेबसाइटमा विक्रम ल्यान्डर चन्द्रमाको सतहमा बजारिएपछि त्यो सम्पर्कविहिन भएको जनाएको छ। माथिबाट तिब्र गतिमा भारतको चन्द्रयान खसेको अनुमान गरिएको छ।
गत जुलाई २२ तारिखमा भारतले आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको चन्द्रयान २ भारतको महत्वाकाँक्षी अभियान थियो।हालसम्म रुस, संयुक्तराज्य अमेरिका र चीनलेमात्र आफ्ना अन्तरिक्ष यान चन्द्रमामा अवतरण गराउन सफल भएका छन्। भारत अन्तरिक्षमा शक्तिराष्ट्र बन्न चाहन्थ्यो।
यद्यपी त्यो योजना यसपटक पुरा हुन सकेन।