प्रवल गुरुङको प्रश्न–अमेरिकी हुन कस्ले पाउँछ ?

हिजोआज म अर्कै अमेरिकामा आएजस्तो अनुभूति हुन्छ- प्रवल गुरूङ । तस्बिर : एजेन्सी

नेपाली मूलका प्रसिद्ध फेसन डिजाइनर प्रवल गुरूङले यस वर्षको न्युयोर्क फेसन सप्ताहमा एउटा गहन प्रश्न सोधेका छन् - अमेरिकी हुन कस्ले पाउँछ ? आप्रवासीहरूको रंगीन चेहराको देश अमेरिकामा केही समययता रैथाने र आप्रवासीको कित्ताकाटको चर्चा ठूलै छ । सेतो छाला भएका आप्रवासी पनि रैथाने हुन पाएका छन् भने बाँकि सबै आप्रवासी हुनुको विकल्प छैन- भलै उनीहरूसँग अमेरिकी नागरिकता र राहदानी किन नहोस् । यस्तो अवस्थामा आफ्नो क्षेत्रबाट अमेरिकाका लागि पर्याप्त योगदान दिएका प्रवलले मन दुखाएरै फूलको ताज र सुन्दरी प्रतियोगितामा प्रयोग हुने स्यासहरुमार्फत् यस्तो प्रश्न गरेका हुन् । 

यही विषयलाई एशोसियट प्रेसले पनि महत्वका साथ फिचर गरेको छ । हामीले त्यसैको नेपाली अनुवाद यहाँ प्रस्तुत गरेका छौं ।

फूलको ताज र सुन्दरी प्रतियोगितामा प्रयोग हुने स्यासहरुमार्फत् प्रवल गुरुङले एउटा आधारभूत प्रश्न सोधेका छन्- अमेरिकी हुन कसले पाउँछ ?

गुरुङको ‘न्यु योर्क फेसन वीक’को शोमा मोडलहरु विश्वको झण्डासहितको बकेट लिएर हिडिरहेका थिए । प्रवलले आफ्नो शोमा विभिन्न जातजाति, नश्ल, मोटो शरीर भएका मोडल, लिङ्ग स्पष्ट नहुनेका साथ साथै सबै रङका मोडल समेटेका थिए ।

उनले अमेरिकी फेसनका केही मानक जस्तो काउब्वाय बुटसमेत शोको प्रस्तुतीमा राखेका थिए । शोमामा जिन्स, स्पोर्टवेयर र ठूल्ठूला रंगिन गाउन पनि समावेश थिए ।

म यहाँ झण्डै २० वर्ष अघि आएको आप्रवासी हुँ । म यहाँ आशा र सम्भावनाको सपनालाई पछ्याउन आएको थिएँ । म आफै अमेरिकी अर्थतन्त्रमा योगदान गर्न सक्षम भैसकेको छु । तर, अझै पनि म अमेरिकी हैन कि जस्तो व्यवहार पाउँछु । आखिर यो अमेरिका कसको हो ? म त्यही सोध्न चाहन्थे । 

नेपाली–अमेरिकी प्रवल गुरुङ आफूले प्रयोग गर्ने कपडाको ८० देखि ९० प्रतिशत न्युयोर्कको उनकै घरमै निर्माण गर्छन् ।

‘म यहाँ झण्डै २० वर्ष अघि आएको आप्रवासी हुँ । म यहाँ आशा र सम्भावनाको सपनालाई पछ्याउन आएको थिएँ । म आफै अमेरिकी अर्थतन्त्रमा योगदान गर्न सक्षम भैसकेको छु । तर, अझै पनि म अमेरिकी हैन कि जस्तो व्यवहार पाउँछु । आखिर यो अमेरिका कसको हो ? म त्यही सोध्न चाहन्थे ।' ब्याक स्टेजमा एपीसँग कुरा गर्दै प्रवलले यसो भने ।  

यो पनि हेर्नुहोस् 

बैकुन्ठको दौड ५० बर्ष

गुरुङले हालसालै भएको एक भेटघाटको स्मरण गर्दै भने, ' मैले आफूले नयाँ अमेरिकालाई परिभाषित गर्न चाहेको उल्लेख गर्दा कोठामै रहेको अर्को व्यक्तिले चुनौति दिन्दै भनेका थिए ,‘तर तपाईं आफै अमेरिकीजस्तो देखिनुहुन्न ।’

त्यस भनाइबारे प्रवलले भने, ‘त्यसमार्फत उनले के भन्न खोजेका थिए प्रष्ट थियो ।’त्यसपछि उनले ‘अमेरिकी हुनुको अर्थ के हो’ भन्ने बारेमा सोच्न थाले । ‘मेरो लागि अमेरिका भनेको सम्पूर्ण कुराको योग हो । अमेरिका मेरो लागि ती प्रत्येक व्यक्ति सँगसँगै अघि आउनु हो । र, म खासमा त्यही अमेरिकाको लागि आएको थिएँ ,’ उनले भने ।

सन् २०२० स्प्रिङमा प्रयोग हुने पहिरनको फेसन शोको अन्त्यमा स्यास लगाएका मोडलहरु प्रस्तुत गरिएको थियो जसले लगाएको स्यासमा उनको प्रश्न लेखिएको थियो – अमेरिकी हुन कसले पाउँछ ?

केही समयअगाडि एएटा भेटघाटमा सहभागी एक व्यक्तिले मलाई चुनौति दिदै भने ,‘तर तपाईं आफै अमेरिकीजस्तो देखिनुहुन्न । यसो भनेर उनले के भन्न खोजेका थिए भन्ने सन्देश प्रष्टै थियो । त्यसपछि मैले ‘अमेरिकी हुनुको अर्थ के हो’ भन्ने बारेमा सोच्न थालेको हुँ । 

पहिरनमा फूलका बुट्टाको प्रधानता थियो । त्यसमा पनि विशेष गुलाफ धेरै थिए ।

‘यो मेरो सबैभन्दा मनपर्ने फूल हो । साथै गुलाफ अमेरिकाको राष्ट्रिय फूल पनि हो,’ गुरुङले भने ।

मोडलहरु फूलको ताज लगाएका थिए र तिनले ढालो र बकेटहरुमा फूलका गुच्छा बोकेका थिए । यस्तो लाग्थ्यो फूलले ‘अमेरिकामा यस संसारका विभिन्न प्रकारका मानिसलाई स्वागत गरिरहेका छन् ।’

उनले स्यासदेखि उनको विशेष गाउनदेखि लिएर पुरुष ट्राउजर र सर्टसम्म प्याजी, रातो र पहेँलो फूलहरु राखेका थिए । उनका धेरै जस्तो पहिरनमा एउटा आशायुक्त चमक थियो । केही पहिरन हल्का प्वाखले सजाइएका थिए ।

तर सबैमा फूल मात्रभने थिएनन् । उनको एउटा बाहुला नभएको पहिरनमा हरियो, प्याजी, गुलापी र पहेँलो वर्ग र त्रिकोणका चित्र थिए ।

‘टी–सर्ट र जिन्सबीच एउटा व्यवहारिकता देखिन्छ । साँझको पहिरनमा काल्पनिक र सुन्दर आकर्षण हुन्छ,’ गुरुङले भने ,‘ म यी पक्षलाई जोड्न चाहन्थे र त्यसमार्फत प्रश्न गर्न चाहन्थे –यो देश कसको हो ?’

प्रकाशित मिति: : 2019-09-14 08:49:27

प्रतिकृया दिनुहोस्