शोलेको चर्चित पात्र साम्भाकी छोरी पनि बलिउडमा डेब्यु गर्दै

Agency

बलिउड स्टारका छोरा–छोरीहरू धमाधम हिन्दी फिल्ममा डेब्यु गरिरहेका छन्। श्रीदेवीकी छोरी जान्हवी कपुर पहिले धडकबाट हिन्दी फिल्ममा प्रवेश गरेकी थिइन।

यसपछि सेफ अली खानकी छोरी साराले केदारनाथ र चंकी पाण्डेकी छोरी अनन्याले ‘स्टुडेन्ट अफ दि इयर–२’ मार्फत बलिउडमा पर्दापण गरिसकेका छन्।

भारतीय अखबारका अनुसार अब हिन्दी फिल्ममा डेब्यु गर्ने पालो बलिउडको चर्चित फिल्म शोलेका असरदार पात्र साम्भाको छोरीको छ।

शोलेमा म्याक मोहनले साम्भाको अभिनय गरेका थिए। उनकै दुई छोरी मञ्जरी र विनती माकिजानी बलिउडमा डेब्यु गर्दैछन्। दुवै जनाले स्केटबोर्डिङमा आधारित फिल्ममा अभिनय गर्दैछन्।

फिल्मको नाम ‘डेजर्ट डल्फिन’ बताइएको छ। विनती फिल्मको निर्माता र मञ्जरी निर्देशक हुन्।

फिल्मको कथा राजस्थानको एउटा गाउँमा बसोबास गर्ने युवती प्रेरणाको कहानीमा आधारित छ। प्रेरणा गाउँमा व्याप्त अन्धविश्वाससँग संघर्ष गर्ने युवती हुन्। उनको भेट ३४ वर्षकी ग्राफिक कलाकार जेसिकासँग हुन्छ र उनी स्केटबोर्डिङको सपनामा डुब्छिन्।

म्याक मोहनको धेरै अगाडि निधन भइसकेको छ। उनले थुप्रै भारतीय सिनेमामा काम गरे। तर, उनलाई शोले फिल्मको साम्भा पात्रले हिट बनाएको थियो।

प्रकाशित मिति: : 2019-05-17 22:44:01

प्रतिकृया दिनुहोस्