मित्र राष्ट्र मलेसियाको कुचिङ्ग, सारावकमा आयोजना हुने २१ औं एशिया मास्टर्स एथलेटिक्स च्याम्पियनसिपमा सहभागि हुने नेपाली भेट्रान्स एथलेटहरुलाई बिदाई गरिएको छ।
शुक्रबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले बिदाई गरेका हुन्।
नेपाल एम्योच्योर भेट्रान्स एथलिट कमिटिका अध्यक्ष जिएन दाई शर्माको नेतृत्वमा जाने ३१ सदस्यि टोलीमा टिम ब्यवस्थापकमा शिव सुन्दर राजबैद्य, संघका उपाध्यक्ष द्वय एवं खेलाडी रुपाल समशेर राणा र गिर्वाण विक्रम शाह, मञ्जु श्रेष्ठ, दिपेन्द्र कुमार गोईत, हेराकाजी महर्जन, राज काजी श्रेष्ठ, बाबु राजा श्रेष्ठ, सुनिल कुमार लालवनी, हेम रत्न बज्राचार्य, संघ रत्न शाक्य, गोपाल महर्जन, त्रिरत्तन मानन्धर, श्रवण कुमार श्रेष्ठ, शिबहरि खनाल र बिश्व रत्न मानन्धर रहेका छन्। यस्तै टोली संग १४ जना अभ्जवर्सहरु पनि त्यस तर्फ जाने कार्यक्रम रहेको छ।
खेलाडीहरुलाई बिदाई र शुभकामना ब्यक्त गर्दै सदस्य सचिव सिलवालले खेलाडीहरुको अस्तित्वलाई कायम राख्दै स्वस्थ नागरिक उत्पादन र खेलाडीहरुको उर्जालाई कायम राख्ने क्रममा भेट्रान खेलाडीहरुले जुन कार्य गरेका छन् त्यो सम्मानयोग्य रहेको भन्दै युवा खेलाडीहरुलाई यस कार्यले अझ उत्साहित बनाउनेमा आफु बिश्वस्त रहेको बताए।
डिसेम्बर २ देखि ७ सम्म आयोजना हुने च्याम्पियनसिपिमा सहभागित हुन जाने नेपाली टोली १३ गते त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
भेट्रान्स टोलीले यस अघिका प्रतियोगिताहरुमा पदकसहित निकैनै राम्रो नतिजा हासिल गर्न सफल भईसकेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया