नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले युएईमा हुने टी-१० लिग खेल्ने भएका छन्। हालै कप्तानीबाट राजीनामा दिएका पारसले टिम आबुधाबीबाट टी-१० लिग खेल्ने भएका छन् ।
१० हजार डलरमा पारस ड्राफ्ट अघि नै आबुधाबीमा आबद्द भएका हुन्।
पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो नेपाली खेलाडी हुन्। यसअघि नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले विदेशी फ्रेन्चाइज लिग खेलिसकेका छन्।
टी-१० पारसको पहिलो विदेशी फ्रेन्चाइज लिग हो। आबुधाबीमा इंग्ल्याण्डका मोइन अली, मोहम्मद आमिर, रोहन मुस्ताफालगायतका खेलाडी रहेका छन् ।
टी-१० लिगमा नेपालका अर्का खेलाडी सन्दीप लामिछानेले पनि खेल्ने छन् । सन्दीपले यस सिजन कर्नाटका टुसकेर्सबाट खेल्नेछन् । यसअघि उनले केरला किङ्सबाट खेलेका थिए।
आबुधाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आगामी नोभेम्बर १५ देखि २४ सम्म आयोजना हुने लिगमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन्।
१० ओभरको हुने लिग राउण्ड रोबिन र प्ले अफको आधारमा हुनेछ।

माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया