प्रधानमन्त्रीको हस्तक्षेपपछि बंगलादेशी क्रिकेट खेलाडीको हडताल समाप्त

Agency

बंगलादेशी क्रिकेट खेलाडीको आन्दोलनका कारण भारतविरूद्ध शृंखला प्रभावित बन्ने सम्भावना टरेको छ। बंगलादेश क्रिकेट बोर्ड खेलाडीको मागमा सकारात्मक देखिएपछि भारत भ्रमण निश्चित हुने सम्भावना बढेको छ।

शाकिब अल हसनको नेतृत्वमा ११ बुँदे माग राख्दै बंगलादेशी क्रिकेट खेलाडीले बोर्डविरूद्ध आन्दोलन सुरु गरेका थिए। जसका कारण भारतको आगामी भ्रमणको विषयमा शंका उत्पन्न भएको थियो।

बुधबार राती दुबै पक्षबीच भएको सम्झौंतामा बोर्डले खेलाडीको धेरै जसो मागको सम्बोधन गर्ने बतायो। खेलाडीको आन्दोलनको विषयमा प्रधानमन्त्री शेख हसिनाले दिग्गज खेलाडी मशर्फ मुर्तजालाई मध्यस्थताका लागि चयन गरेकी थिइन।

बैठकपछि हसनले भने, ‘बुधबार राती बोर्ड पदाधिकारी र हामीबीच बैठक बसेको थियो। पदाधिकारीले हाम्रो कुरा सबिस्तार सुन्नु भयो र हामीलाई विश्वस्त दिलाउनु भएको छ– छिट्टै हाम्रो मागको विषयमा फैसला हुन्छ।’

बंगलादेशी बोर्डका अध्यक्ष नजमुल हसेनले पनि खेलाडीको ११ मध्ये ९ माग स्विकार गरेको जानकारी दिए। उनले विवाद समाप्त भएको बताए। बंगलादेश र भारतबीच ३ नोभेम्बरदेखि टि–२० शृंखला सुरु हुँदैछ। यसका लागि २५ अक्टुृबरदेखि क्याम्प सुरु हुँदैछ।

प्रकाशित मिति: : 2019-10-24 16:10:17

प्रतिकृया दिनुहोस्