युरोकप छनोट २०२० मा जर्मनी र नेदरल्याण्डले महत्वपुर्ण जित निकालेका छन् ।
सोमबार बिहान समूह सी अन्तर्गत भएको खेलमा जर्मनीले इस्टोनियालाई ३–० र नेदरल्याण्डले बेलारुसलाई २–१ हराएको हो ।जर्मनीले तीनै गोल दोस्रो हाफमा गरेको थियो ।जर्मनीको जितमा इल्के गुएन्डोगोनले दुई तथा टिमो वर्नरले एक गोल गरे ।
खेलको ५१ औं मिनेटमा गुएन्डोगोनले जर्मनीलाई अग्रता दिलाएका थिए । उनैले ५७ औै मिनेटमा जर्मनीको अग्रता दोब्बर पारे ।७१ औं मिनेटमा वर्नरले गोल गर्दै जर्मनीको जित सुनिश्चित गरेका थिए ।
अर्काे खेलमा डच टिमलाई जित दिलाउन दुवै गोल लिभरपुलका मिडफिल्डर जोर्गिन्हो विचनाल्डमले गरे ।३२ औं मिनेटमा पहिलो गोल गरेका उनले ४१ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।
बेलारुसका ड्रागनले ५३ औ मिनेटमा एक गोल गोल फर्काए ।
समूह सीको खेलमा नेदरल्याण्ड ६ खेलबाट १५ अंक सहित शीर्ष स्थानमा रहेको छ । यता समान खेलबाट समान अंक जोडेमो जर्मनी गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया