दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ यू १५ महिला च्याम्पिनयनसिपमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको छ।
भुटानको थिम्पुमा शुक्रबार भएको खेलमा बंगलादेशका लागि सहेदा अख्तरले खेलको १२ मिनेटमै गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन्। त्यसपछि २५ औं मिनेटमा पेनाल्टी मार्फत कप्तान संसुनहरले गोल गर्दा बंगलादेशले पहिलो हाफमै २–० गोलको अग्रता बनाएको थियो।
दोस्रो हाफमा नेपालले खेल सुधार्दै पटकपटक आक्रमणको प्रयास गरेको थियो। खेलको ६४ औं मिनेटमा अमिसा कार्कीले गोल गर्दै नेपाललाई खेलमा फर्काउन खोजे पनि नेपालले दोस्रो गोल थप्न नसक्दा बंगलादेशसँग २–१ ले पराजित हुन पुग्यो।
जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो पराजय हो।यसअघि नेपाल भारतसँग ४–१ को गोल अन्तरले पराजित भएको थियो। अर्कोतर्फ बंगलादेशले भुटानलाई २–० ले पराजित गर्दै सुखद सुरुवात गरेको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया