भारतका रोहित शर्मा र मयंक अग्रवालको प्रारम्भिक जोडीले दक्षिण अफ्रिकाविरुद्ध कीर्तिमानी ३ सय १७ रनको साझेदारी गरेको छ।
बिहीबार पहिलो टेस्टको दोसो दिन अफ्रिकाविरुद्ध ८२ ओभर खेल्ने क्रममा दुबैले कीर्तिमानी साझेदारी गरेका हुन्।
विशाखापट्टनममा भइरहेको खेलमा रोहितले २ सय ४४ बलमा २३ चौका र ६ छक्काको सहयोगले १ सय ७६ रन बनाए। पहिलो पल्ट टेस्टमा प्रारम्भिक ब्याट्सम्यानको भूमिका निर्वाह गरिरहेका उनी १ सय ७७ रनको यसअघिको उत्कृष्ट इनिङलाई पछाडि छोड्नबाट अलिकतिले चुके। टेस्टमा उनको चौथो सतक थियो।
यसअघि दक्षिण अफ्रिकाविरुद्ध भारतका लागि २००८ मा वीरेन्द्र सहवाग र राहुल द्रविडको दोस्राे विकेटको जोडीले २ सय ६८ रनको साझेदारी गरेको थियो।
टेस्ट क्रिकेटमा यो साझेदारी भारतका लागि तेसो ठूलो हो। सन् १९५६ मा बीनु मान्कड र पंकज रोयको जोडीले न्युजिल्यान्डविरुद्ध ४ सय १३ रनको साझेदारी गरेको थियो।
भारतीय टेस्ट इतिहासमा यो अहिलेसम्मकै ठूलो साझेदारी हो। यसपछि २००६ मा वीरेन्द्र सहवाग र राहुल द्रविडले पाकिस्तानविरुद्ध लाहोर टेस्टमा ४ सय १० को साझेदारी गरेका थिए।
मयंकले पनि शतक बनाए। टेस्ट क्रिकेटमा यो १० औं मौका हो, भारतका दुबै प्रारम्भिक ब्याट्सम्यानले शतक बनाएका। दक्षिण अफ्रिकाविरुद्ध यो कीर्तिमान बनाउने अस्ट्रेलिया र इंग्ल्यान्डपछि भारत तेसो टिम हो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया