चिनियाँ राष्ट्रपति सीसँग भेट्ने भए देउवा

फाइल तस्बिर

चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आजै भेटवार्ता हुने भएको छ ।कांग्रेस सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भेट तय भएको पुष्टि गरे ।

राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा आज शुक्रबार काठमाडौं आइपुग्नेछन् ।

आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् । चिनियाँ समकक्षी सीको सम्मानमा राष्ट्रपति भण्डारीले साँझ होटल सोल्टीमा रात्रीभोज दिनेछिन् ।

प्रकाशित मिति: : 2019-10-12 14:05:43

प्रतिकृया दिनुहोस्