भारतको तनावग्रस्त राज्य जम्मु–कश्मिरमा भारतीय क्रिकेटका पूर्व कप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनी सैनिकको रुपमा कार्यरत रहेको भारतीय पत्रिकाले जनाएको छ।
यसै साता भारत सरकारले जम्मु–कश्मिरमा ६ दशकदेखि जारी धारा ३ सय ७० खारेज गर्ने निर्णय गरेको थियो। सरकारको यो निर्णयले ल्याउन सक्ने अस्थिरताका बीच ३५ हजार सुरक्षाकर्मीलाई पहिले नै तैनाथ गरेको थियो।
यही सुरक्षाकर्मीहरूको बीच सन् २०११ मा भारतलाई विश्व कपको उपाधि दिलाएका धोनी पनि खटिएका छन्। धोनीलाई भारतीय सेनाले मानार्थ लेफ्टिनेन्ट कर्नलको पद्वी दिएको थियो।
मोदीले वेष्ट इन्डिज भ्रमणको सट्टा यसपालि सेनामा केही योगदान गर्ने भन्दै कश्मिर रोजेका थिए। धोनी कश्मिरमा परिचालित १ सय ६ टिए बटालियनमा कार्यरत छन्। उनी गत शुक्रबार नै भारतीय अखबारहरूले जनाएको छ।
उनी आफ्नो रेजिमेन्टमा कार्यरत जवानहरूको हाजिर बुझ्ने काम गर्छन। उनले हालै सोशल मिडियामा सार्वजनिक गरेको भिडियोमा बुट पोलिस गरिरहेको देखा परेका थिए। उनी हिन्दी फिल्मको एउटा गीत ‘मै पल दो पलका शायर हूँ’ गुनगुनाइरहेको देखिएका थिए।
धोनी १५ अगस्टसम्म कश्मिरमा आतंकविरोधी अभियानमा कार्यरत रहनेछन्।