महरा सांसद पदबाट निलम्बित,सेवा–सुविधासमेत रोक्का

फाइल तस्बिर

संघीय संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा हिरासतमा रहेका तत्कालीन सभामुख कृष्णबहादुर महरा सांसद पदबाट निलम्बन भएका छन् ।

बिहीबार संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले एक सूचना जारी गर्दै फौजदारी अभियोग लागेका महराको सांसद पद निलम्बनमा परेको जनाएको हो।

प्रतिनिधिसभा नियमावलीमा फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन हुने व्यवस्था छ । महरा पक्राउ परेपछि कार्यालय खुलेकै दिन सचिवालयले उनी सांसद पदबाट निलम्बनमा परेको सूचना जारी गरेको हो । निलम्बनसँगै महराको सांसदको हैसियतमा पाउने सेवा–सुविधासमेत रोक्का हुनेछ ।

शाहीले आफूमाथि बलात्कार प्रयास गरेको किटानी जाहेरी दर्ता गरेपछि प्रहरीले जिल्ला अदालत काठमाडौंको अनुमतिमा महरालाई सभामुखकै सरकारी निवासबाट आइतबार पक्राउ गरी हिरासतमा राखेको छ ।

प्रकाशित मिति: : 2019-10-10 21:15:31

प्रतिकृया दिनुहोस्