प्रहरी थुनामा रहेका महरालाई अस्पताल भर्ना गरियो

प्रहरी थुनामा रहेका निर्वतमान सभामुख कृष्णबहादुर महरा अस्पताल गरिएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि महरालाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।

महराको प्रेसरमा समस्या देखिएपछि महरालाई अस्पताल भर्ना गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रमुख एसएसपी उत्तमराज जानकारी दिए।

संसद सचिवालयका कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महरालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरेको थियो।

महरालाई महानगरीय प्रहरी वृत्त सिहदरबारमा राखिएको थियो।

 

प्रकाशित मिति: : 2019-10-10 13:59:07

प्रतिकृया दिनुहोस्