उमेश पटवाल नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक नियुक्त

तस्बिरः एजेन्सी

काठमाडौं, जेठ १७

भारतीय प्रशिक्षक उमेश पटवाल नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका छन्।

राष्ट्रिय खेलकुद परिषदको अनुरोधमा आईसीसीले पटवाललाई नेपालको प्रशिक्षकको रूपमा नियुक्त गरेको हो।

यसअघि नेपालले यूएईविरुद्ध ओडीआई र टि-२० सिरिज जित्दा नेपाली टोलीको ब्याटिङ कन्सल्टेन्टका रुपमा काम गरिसकेका पटवालले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका हुन्।

यसअघि सन् २०१४ को टी-२० विश्वकपमा अफगानिस्तानको राष्ट्रिय टोलीको ब्याटिङ प्रशिक्षक समेत भइसकेका पटवालको अनुबन्धनका बारेमा आजै साँझ पत्रकार सम्मेलन गरेर जानकारी गराइने भएको राखेपले जानकारी दिएको छ।

यसअघि नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी जगत टमाटाले लिएका थिए।

प्रकाशित मिति: : 2019-05-31 14:33:19

प्रतिकृया दिनुहोस्