च्याम्पियन्स लिगको दौडमा रहेको आर्सनल लेस्टरको मैदानमा पराजित भएको छ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनल लेष्टर सिटीसँग ३-० गोल अन्तरले पराजित भयो।
घरेलु मैदानमा १० खेलाडीमा सिमित आर्सनलविरुद्ध दोस्रो हाफमा तीन गोल गर्दै लेष्टरले जित निकालेको हो। लेष्टरलाई जिताउन जेमी भार्डीले २ गोल गरे। यस्तै युरी टेलीमान्सले एक गोल गरे ।
खेलको ३६ औं मिनेटमा मेटल्याण्ड नेल्सले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा आर्सनल १० खेलाडीमा समेटिएको थियो। जसको फाइदा लेष्टरले उठायो ।
खेलको ५९ औं मिनेटमा टेलीमान्सले गोल गर्दै लेष्टरलाई सुरुवाती अग्रता दिलाएका थिए। यस्तै खेलको ८६ औं मिनेटमा भार्डीले गोल गर्दै लेष्टरको अग्रता दोब्बर पारे।
त्यसपछि खेलको ९० औं मिनेटमा भार्डीले व्यक्तिगत दोस्रो गोल गर्दै लेष्टरलाई ३-० को जित दिलाए ।
लेष्टरसँगको हारसंगै पाँचौं स्थानको आर्सनलले ६६ अंक जोडेको छ। जितसँगै आठौं स्थानमा उक्लिएको आर्सनलले ५१ अंक जोडेको छ।
अंक तालिकामा सिटी ३६ खेलमा ९२ अंकसहित शीर्ष स्थानमा रहँदा लिभरपुल ९१ अंकसहित दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको टोटेनहमको ३६ खेलमा ७० अंक छ भने चेल्सीले ३६ खेलमा ६८ अंक जोडेको छ। आर्सनलको ३६ खेलमा ६६ र म्यानचेस्टर युनाइटेडको ३६ खेलमा ६५ अंक छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया