'ममी ! म अब स्कुल जान सक्छु ?'

‘मलाई किन यहाँ राखेको ? मलाई के भएको हो ? हामी सँगै किन नबसेको ? भाइबहिनी कहाँ छन् ? म अब स्कुल जान सक्छु त ममी ?’

दुवै खुट्टा गुमाएकी प्रकृतिलाई आफ्नो खुट्टाको भन्दा पनि पढाइको चिन्ता ज्यादा छ ।

बी एन्ड बी हस्पिटलको आईसीयूको शय्यामा छिन् उनी । त्रिभुवन उच्च मावि कोहलपुरमा ७ कक्षामा अध्ययनरत १२ वर्षीया प्रकृति चन्दले बिहान होसमा आएपछि प्रश्न गर्दा ममी भगवती शाही भावुक भइन् । भगवती केही जवाफ दिन सक्दिनन् र अर्कोपट्टि फर्किएर आँशु लुकाउन खोज्छिन् ।

छोरीले सोधेका प्रश्नको उत्तर दिने हिम्मतसमेत उनीसँग छैन । छोरीले खुट्टा गुमाएसँगै उनको पनि होस हवास उडेको छ । छोरीलाई घाउले जति पोल्छ, त्यति भगवतीको मुटु चस्किन्छ । आँखामा आँशु छचल्किन्छ ।

 

प्रकाशित मिति: : 2019-12-14 15:04:36

प्रतिकृया दिनुहोस्