यसरी पक्राउ परे ८० करोड ठगी गर्ने 'नटवरलाल'

मंगलबार दिउँसो बुढानीलकण्ठबाट बा१९च ८८४५ नम्बरको सेतो ल्याण्ड क्रजुर प्राडो चक्रपथ तिर हुईकिदै थियो । करिब तीन करोड मूल्य पर्ने उक्त प्राडो चढ्ने भीआईपी भन्दा कम थिएनन् ।

त्यही प्राडो बाँसबारीमा गुड्दा गुड्दै केही मानिसले रोके । गाडी रोक्ने सादा पोसाकमा खटिएका प्रहरी थिए ।

प्राडाेमा सवार थिए दिनेश कोइराला । उनी भीआईपी होइन् तर भीआईपी देखिएर ठगी गर्ने 'नटवरलाल' ठग । उनलाई महानगरीय अपराध महाशाखाको टालीले पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार कोइरालाले करिब सय जनाबाट ८० करोड रूपैयाँ बढी ठगी गरेको खुलेको छ । कोइराला यसअघिसमेत ठगीको अभियोगमा पक्राउ परेर धरौटीमा छुटेको एसएसपी थापाको भनाइ छ ।

प्रकाशित मिति: : 2019-12-12 18:04:07

प्रतिकृया दिनुहोस्