महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसियो (भिडियोसहित)

बिएल

यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिएको छ ।

सचिवालयका सचिव भरतराज गौतमले आज (बुधबार) एक प्रेश विज्ञप्ती जारी गर्दै उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको जानकारी दिएका छन् ।

महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए । उनले राजीनामा पत्रमा ‘छानबिन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका थिए ।

 

प्रकाशित मिति: : 2019-10-02 15:41:52

प्रतिकृया दिनुहोस्