बृहत् टुँडिखेल पार्कको मास्टरप्लान बनाउँदै सरकार

रानीपोखरीदेखि खुलामञ्चसम्मको मास्टरप्लान। स्केच: राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

हामीले केही समयदेखि एउटा सपनाको कुरा गर्दै आएका छौं।

रंगशालादेखि रानीपोखरी हुँदै नारायणहिटी दरबारसम्मको क्षेत्र समेटेर काठमाडौंको मुटुमा विशाल टुँडिखेल पार्क बनाउने सपना। काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक वैभव ब्युँताउँदै ‘सम्पदा सहर’ मा रूपान्तरण गर्ने सपना। यो सहरलाई ‘काठमाडौं मण्डल’ का रूपमा चिनाउने सपना।

हामीले यी सपनाको खाका कोरेर केही महिनादेखि लगातार लामा–लामा स्टोरीहरू लेख्दै आएका छौं। संसारका विभिन्न देशको उदाहरण दिँदै काठमाडौंको वैभव कसरी फर्काउन सकिन्छ भन्ने प्रारुप प्रस्तुत गरेका छौं।

हामीलाई थाहा छ, हामी नागरिक र पत्रकारका रूपमा सपना त देख्न सक्छौं, तर त्यो सपनालाई कार्यान्वयनको पटरीमा दौडाउने काम हाम्रो बुताभन्दा बाहिर छ। हामीले देखेको टुँडिखेल पार्क र काठमाडौं मण्डलको सपना तबसम्म पूरा हुन सक्दैन, जबसम्म यो सरकारको चासो र प्राथमिकतामा पर्दैन।


के हामीले आफ्ना स्टोरीमार्फत् देखाउँदै आएको सपनाले सरकारलाई प्रभाव पारेको छरु के यसमा सरकारले चासो दिएको छरु

 

प्रकाशित मिति: : 2019-12-11 10:16:26

प्रतिकृया दिनुहोस्