वामदेवका लागि विधान फेरिँदै, कार्यदिशा पनि फेरिने

 प्रचण्डको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको विधान संशोधन गर्ने निर्णय भएको सुनाए । अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बसेको बैठकले विधानका कुन–कुन प्रावधान संशोधन गर्ने निर्णय गर्‍यो ?

विधान संशोधनसम्बन्धी निर्णयबारे सोमबार साँझ प्रवक्ता श्रेष्ठको व्याख्या यस्तो थियो– ‘बैठकले यसभन्दा अगाडि बसेको स्थायी कमिटीको निर्देशनलाई मान्दै पार्टी विधानमा केही संशोधनहरु गरेको छ । त्यो संशोधनका विषयमा स्थायी कमिटीको निर्देशनको अतिरिक्त यसअघि सचिवालय बैठकमा नै भएका कतिपय निर्णयहरुलाई पनि आधार बनाइ संशोधन प्रस्ताव तयार गरिनेछ । यो प्रस्ताव स्थायी कमिटी र आवश्यकताअनुसार केन्द्रीय कमिटीमा पेश गरेपछि कार्यान्वयनमा जानेछ ।’

केन्द्रीय कमिटीको प्रथम बैठकबाट ०७५ साल जेठ ३ गते पारित अन्तरिम विधान– २०७५ दुई वर्ष नपुग्दै किन संशोधन गर्नुपर्‍यो ? विधानको कुन–कुन प्रावधान संशोधन गर्ने निर्णय लियो ? अनलाइनखबरको प्रश्नमा नेकपाका एक शीर्ष नेताले तीनवटा कारणले विधान संशोधन गर्नुपरेको बताए ।

 

प्रकाशित मिति: : 2019-12-11 08:03:01

प्रतिकृया दिनुहोस्