पाँच महिनामा ५५ लाख जरिवाना, गत वर्षभरि ४२ लाख मात्र

सरकारले पाँच महिनाको अवधिमा बजार अनुगमनबाट ५५ लाख रुपैयाँ जरिवाना गरेको छ। यो गत वर्षभरि अनुगमनबाट उठेको जरिवानाभन्दा १३ लाखले बढी हो।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकासहित केही जिल्लाका ७ सय २० पसल अनुगमन गर्दा ५५ लाख रुपैयाँ जरिवाना उठेको हो।

चालू आर्थिक वर्षको साउनदेखि मङ्सिर २२ सम्म अनुगमनका क्रममा ५५ लाख रुपैयाँ जरिवाना उठेको विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले बताए। ‘यस अवधिमा ७ सय २० पसल अनुगमन गरेका छौं,’ मिश्रले भने।

विभागले अधिकांश अनुगमन उपत्यकामा गरेको छ भने केही अनुगमन बाहिरी जिल्लामा पनि गरेको थियो। दसैं र तिहारका बेलामा सिन्धुली, धादिङलगायतका जिल्लामा पनि केन्द्रबाट अनुगमन गरिएको थियो।

प्रकाशित मिति: : 2019-12-10 08:08:08

प्रतिकृया दिनुहोस्