सडक दुर्घटनाको कहालीलाग्दो तथ्याङ्क : १९ दिनमा ८८ जनाको मृत्यु

फाइल तस्बिर

बढ्दो सवारी साधन सँगसँगै संसारभरि नै अल्पविकसित तथा विकासशील देशहरूमा सडक दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या दिनानुदिन बढ्दैछ । यसबाट नेपाल पनि अछुतो छैन ।

सडकको दूरावस्था, सवारी धनी, चालक र यात्रुको लापरबाही तथा सरकारी गैरजिम्मेवारीका कारण सवारी दुर्घटना र त्यससँग सम्बन्धित घटना बढिरहेका छन् । सानो होस् या ठूलो दुर्घटना नभएको दिन नै छैन। हाल नेपालमा एकदिनमा ३० देखि ४० वटा सवारी दुर्घटना हुने गर्छ । जसमा दैनिक ७ जनाको मृत्यु हुन्छ भने १० जना घाइते हुने गरेको नेपाल प्रहरीको तथ्याङ्कले बताउँछ ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो १८ दिनमा मात्रै सडक दुर्घटनामा १५१ जनाले ज्यान गुमाएका छन् भने १ हजार ४७५ जना घाइते भएका छन् ।
नेपाल प्रहरीको यो तथ्याङ्क हेर्दा वार्षिक १४ हजारभन्दा बढी सवारी दुर्घटना भइरहेका छन् । वार्षिक सवारी दुर्घटनामा २ हजारभन्दा बढीले ज्यान गुमाउनुपरेको छ भने ४ हजारभन्दा बढी घाइते भएको तथ्याङ्कले देखाएको छ ।

 

प्रकाशित मिति: : 2019-12-06 13:30:54

प्रतिकृया दिनुहोस्