अमेरिकामा मेरो पहिलो जागिर: एक अविस्मरणीय अनुभव

नेपालबाट अमेरिका आएको भर्खरै ६ साता पुगेको थियो । यो सन् २०१३ साल हिउँदको कुरा थियो ।

म बोस्टनको ब्राइटन एभेनुन्युतिर साथी अनिल (नाम परिवर्तन) सँगै काम खोज्ने सिलसिलामा भौंतारिइरहेको थिऍ । साथी मभन्दा दुई महिनाअघि मात्र अमेरिका आएको थियो ।

सँगै हिँड्दै गर्दा अनिलले भन्यो - "राम, मैले आजकल गरिरहेको काम त दोस्रो हो नि, थाहा छ तिमीलाई ? पहिलो काम त नसकेर सुरु गरेको केही दिनमै छाडिदिऍ ।" उसले भन्यो - "यतातिर काम टन्नै पाइन्छ । आत्तिनु पर्दैन ।"

त्यसो त अमेरिका आएको केहीदिनमै मैले पनि एउटा ग्रोसरी पसलमा काम नपाएको होइन । तर, यो कुरा मैले अनिलबाट लुकाएको थिऍ । त्यस ग्रोसरी पसलको मालिकले तेस्रो दिनमै मलाई कामबाट निकालिदिएको थियो । सायद, उसले अनुमान लगाइसकेको थियो मैले क्यास रजिस्टर र लोटरी मेसिन उसले सोचेजस्तो छिटो र राम्रोसँग सिक्न सक्तिन । "तपाईँ भोलिदेखि काममा नआउनुस् । अहिले नयाँ कामदार हायर नगर्ने विचार गरेँ मैले" - उसले भनेको थियो ।

प्रकाशित मिति: : 2019-12-06 07:14:51

प्रतिकृया दिनुहोस्