महरालाई सभामुख र संसद सदस्य दुवै पदबाट राजीनामा दिन नेकपा सचिवालयको आग्रह (भिडियोसहित)

फाइल तस्बिर

सभामुख कृष्णबहादुर महरामाथि आफ्नै कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि नेकपा केन्द्रीय सचिवालयको आकस्मिक बैठकले राजीनामा दिएर छानबिनमा सहयोग पुर्याउन आग्रह गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले सभामुख महरालाई सभामुख र संसद सदस्य दुवै पदबाट राजीनामा दिएर छानबिनमा सहयोग पुर्याउन आग्रह गरेको हो ।

बैठकपछि नेकपाका केन्द्रीय प्रवक्ता नारायणकाजी श्रेष्ठले महराको नैतिक आचरणका सम्बन्धमा सञ्चारमाध्यममा आएका समाचारहरुप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले भने, ‘केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले सभामुख कृष्णबहादुर महराले सभामुख तथा प्रतिनिधिसभा सदस्य पदबाटै राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनु पर्दछ भन्ने निर्णय गरेको छ ।’

दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सभामुख महरा नेकपाका प्रभावशाली नेता हुन् ।

 
 

 

प्रकाशित मिति: : 2019-10-01 12:45:35

प्रतिकृया दिनुहोस्