सभामुखका प्रेस सल्लाहाकार भन्छन्ः राजीनामा दिने कुरा अहिलेसम्म केही भएको छैन

फाइल तस्बिर

सभामुख कृष्णबहादुर महरामाथि आफ्नै कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि नेकपा केन्द्रीय सचिवालयको आकस्मिक बैठक बोलाइएको छ ।

मंगलबार विहानै प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेलबीच छलफल भएको थियो ।

नेकपाका शीर्ष नेताहरुले गम्भीर आरोप लागिसकेपछि सभामुख महराले नै राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने संकेत गरेका छन् ।

तर सभामुखका प्रेस सल्लाहाकार डिल्ली मल्लका अनुसार सभामुखले राजीनामा दिने कुरा अहिले केही भएको छैन । 'धेरै साथीहरुले यस विषयमा चासो राख्नुभएको छ,' उनले भने 'तर अहिलेसम्म यस विषयमा उहाँले राजीनामा दिन्छु भनेर भन्नु भएको छैन् ।'

प्रकाशित मिति: : 2019-10-01 12:22:35

प्रतिकृया दिनुहोस्