सुटिङ खेलाडीका दुःख : भारतसँग गोली र पाकिस्तानसँग पेस्तोल मागेर प्रतिष्पर्धा

प्रतिकारत्मक तस्बिर

 ‘परीक्षाको सबै तयारी सकियो, पढ्न चाहिँ बाँकी छ भने जस्तै छ हाम्रो अवस्था’, १३औं दक्षिण एसियाली खेलकुद (साग) का सुटिङ खेलाडीले दुखेसो पोखे ।

चार वर्षअघि गएको भूकम्पले क्षतिग्रस्त सातदोबाटोको सुटिङ रेन्ज दक्षिण एसियाली खेलकुद उद्घाटनको पूर्वसन्ध्यामा तयार त भयो तर, प्रतिष्पर्धामा उत्रिन हतियार उपलब्ध भएन । चीनको सहयोगमा बनेको अत्याधुनिक सुटिङ रेन्ज निर्माण भइरहेकै वेला भएपनि डेढ महिनादेखि खेलाडीले अभ्यास थालेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्ले पनि खेलअगावै हतियार आउने आश्वसन दिएको थियो ।

तर, बुधबार नेपाली सुटरहरू २० वर्ष पुरानो राइफल लिएर प्रतिष्पर्धामा उत्रिए । २० वर्षअघि नेपालमा भएको आठौं संस्करणको सागमा चीनले उपहार स्वरुप दिएको हतियार लिएर खेलाडीहरु प्रष्पिर्धामा उत्रिएका थिए ।

टिमतर्फ ५० मिटर राइफलमा पाँचौ स्थानमा सीमित रह्यो महिलातर्फ १० मिटर एयर राइफलमा छैठौं र पुरुषतर्फ २५ मिटर सेन्टर फायर पेस्तोलमा अन्तिम स्थानमा रह्यो ।

पर्याप्य अभ्यास गर्न नपाएको र हतियार पनि नभएकाले नेपालको प्रदर्शन राम्रो हुन नसकेको प्रशिक्षकहरु बताउँछन् ।

प्रकाशित मिति: : 2019-12-04 22:14:43

प्रतिकृया दिनुहोस्