अ बर्न रकस्टार : मुक्ति शाक्य

भनिन्छ, रकस्टार जन्मन्छ । यदि कसैले जन्मजात नै रकस्टार हुने गुण ल्याएको छैन भने यसलाई लक्ष्य बनाएर अघि बढ्नुको कुनै तुक छैन । तर यदि कोही व्यक्ति यस्ता गुणबाट सुसज्जित छन् भने न आँधी न त कुनै हुरीले उसलाई रकस्टार हुनबाट रोक्न सक्छ । त्यसैले त भनिएको हो, ‘यु आर अ बर्न रकस्टार’ । तर रकस्टार एकै दिन हुने कुरा होइन । यसका लागि अथक प्रयास, मिहिनेत, समर्पण, धैर्य, लगाव अझ भनौँ सङ्गीतप्रतिको ‘प्यासन’ चाहिन्छ । त्यस्तो ‘प्यासन’ जसमा व्यक्तिले ‘दिने’ मात्र सोच्छ, त्यसमा डुब्दा पाउने आत्मसन्तुष्टिमा नै ऊ रमाउने गर्छ । सङ्गीतप्रतिको सायद त्यही प्यासनले गर्दा नै उनी १४–१५ वर्षको उमेरदेखि नै गितारमा रमाउन थाले ।  

प्रकाशित मिति: : 2019-11-30 10:52:22

प्रतिकृया दिनुहोस्