गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि भैरहवा हवाई प्रवेश बिन्दु कति सहज?

काठमाडौं- सरकारले चालु आर्थिक वर्ष २०७६/०७७ भित्रै सम्पन्न हुने गरी भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। विमानस्थलको भौतिक संरचना निर्माणको काम सकिएसँगै फिनिसिङको काम सुरु भएको छ। तर, विमानस्थल सञ्चालनसँगै विभिन्न देशबाट आउने जहाजका लागि आवश्यक हवाई प्रवेश बिन्दुको विषय भने टुंगो लाग्न सकेको छैन।

भारतीय आकाश हुँदै नेपाल भित्रने जहाजका लागि सीमित हवाई प्रवेश बिन्दु मात्रै भारतले उपलब्ध गराएको छ। नेपाली पक्षले हवाई प्रवेश बिन्दु थप गर्न माग गरिरहेको छ। निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि पश्चिम दिशाबाट आउने जहाजका लागि सहज हवाई प्रवेश बिन्दु उपलब्ध गराउन विषयमा भारतले आनाकानी गरिरहेको छ।

प्रकाशित मिति: : 2019-11-29 07:58:15

प्रतिकृया दिनुहोस्