सहज भएन श्रम स्वीकृति

काठमाडौँ, मङ्सिर १३ गते । वैदेशिक रोजगार कार्यालय ताहाचलमा श्रम स्वीकृति लिन आउने सेवाग्राहीले भोग्ने सास्ती अझै अन्त्य भएको छैन । अहिले पनि श्रम स्वीकृतिका लागि सेवाग्राहीलाई आठ दिनसम्म नै श्रम कार्यालय धाउनुपर्ने सास्ती उस्तै छ । यस्तै समस्याको भुक्तभोगी हुनुहुन्छ, उपत्यकाबाहिरका मिलन नेपाली ।
श्रम स्वीकृतिका लागि गएको बिहीबारदेखि निरन्तर धाउँदा बल्ल बिहीबार आठ दिनमा श्रम स्वीकृति लिएको उहाँले बताउनुभयो । मिलन पहिलो पटक यस्तो स्वीकृति लिएर माल्टा जाँदै हुनुहुन्छ । समाचारमा सुने वा पढेजस्तो एक दिनमै सहज रूपमा श्रम स्वीकृति पाउने अवस्था व्यावहारिक रूपमा कार्यान्वयनमा नआएकोप्रति उहाँले आक्रोश पनि
पोख्नुभयो । “श्रम स्वीकृतिका लागि के के कागजात चाहिन्छ भन्ने थाहा नहुँदा आठ दिन लाग्यो तर बल्ल बल्ल स्वीकृतिचाहिँ पाएँ”, बिहीबार बिहान ४ बजे अँध्यारोमै श्रम कार्यालय पुगेको बताउने मिलनले भन्नुभयो ।

प्रकाशित मिति: : 2019-11-29 07:27:45

प्रतिकृया दिनुहोस्