गणतन्त्रकी गुमनाम अभियन्ताको अन्त्य

फाइल तस्बिर

भक्तपुरको सूर्यविनायक नगरपालिका-६, कटुन्जे निवासी श्रीमती रोमकुमारी तिमिल्सिनाले ९५ वर्ष कटेपछि गत कार्तिक २९ गते पाञ्चभौतिक शरीर विसर्जन गरिन्। उनी स्व. बटुकृष्ण तिमिल्सिनाकी धर्मपत्नी थिइन्।

२०२० साल अगाडि काठमाडौंको खिचापोखरीमा रहेको घरमा बस्दा त्यतिबेला प्रतिबन्धित नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलगायतलाई उनका पति बटुकृष्णले नियमित खान बोलाउँथे। राजनीतिमा आफू सक्रिय नभए तापनि पति बटुकृष्णको आतिथ्यमा आउने नेताहरुको सेवामा सदैव तत्पर हुन्थिन् उनी। घरमा नेताहरु आउनेजाने क्रम बाक्लिएपछि रोमकुमारी राजनीति बुझ्ने भएकी थिइन्। 

पति श्रीबटुकृष्ण साहित्यमा रुचि राख्दथे। उनी साहित्यिक पत्रिका पनि चलाउथे रे। आध्यात्मिक थिए। बेलाबेलामा घरमै साहित्यकारहरुको जमघट पनि भइरहन्थ्यो।

प्रकाशित मिति: : 2019-11-25 11:13:31

प्रतिकृया दिनुहोस्