विप्लवले रोजेको 'अप्ठ्यारो' बाटो

Photo Credit :Shilapatra.com

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी (क्रान्तिकार)बाट अलग भएर नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी स्थापना गरेको ५ वर्ष पुगेको छ । पार्टी स्थापना दिवसमा सो पार्टीले देशका विभिन्न स्थानमा कार्यक्रम गरिरहँदा अहिले सो पार्टी प्रतिबन्धित अवस्थामा छ ।

विप्लवको पहिचान विद्रोही नेताका रूपमा छ । राज्यका आँखामा विप्लव र उनको पार्टी अघोषित ‘आतंककारी’ हुन् ।

तत्कालीन नेकपा (माओवादी)ले २०५२ सालमा जनयुद्ध सुरु गर्नुअघिदेखि नै विप्लव तत्कालीन मशाल हुँदै नेकपा (माओवादी)मा क्रियाशील थिए ।

उनले ५ वर्षअघि ८ मंसिर २०७१ मा आफ्नै नेतृत्वमा नेकपा (माओवादी) बनाए र रोल्पामा २०७३ फागुनमा भएको पार्टीको आठौँ महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गरेर नेपाल कम्युनिस्ट पार्टी बनाए ।

प्रकाशित मिति: : 2019-11-25 11:12:16

प्रतिकृया दिनुहोस्