गोकर्णलाई गलहत्याउँदै ओलीको र प्रचण्डको जुगलबन्दीमा शहीद बनेको मन्त्रीहरुको 'रिपोर्ट कार्ड'

फाइल तस्बिर

निक्कै तामझामसहित प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको मन्त्रिपरिषद सदस्यहरुको हिसाब किताब राख्न थालेपछि धेरैले सोचेका थिए - अब भने केही होला।

लामो समय राजनीतिक अस्थिरताले गाँजेको मुलुकमा नयाँ संविधानसँगै सरकारका लागि मतादेश पाएर सबैभन्दा शक्तिशाली सरकार प्रमुख बनेका थिए, ओली। दीर्घ रोगसँग संघर्ष गर्दै राजनीतिक उचाईमा अडिएका ओलीसँग लोभ र लालच छैन भन्ने ठूलो तप्कालाई विश्वास थियो।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झै छोराछोरी र ज्वाइँका लागि जे पनि गर्नुपर्ने तनावमा थिएनन्, प्रधानमन्त्री ओली। त्यसैले पनि यिनले केही गर्छन् भन्ने अपेक्षा जनतामा चुलिनु स्वभाविक थियो। त्यसमाथि बेलाबेलामा आफ्नै स्वास्थ्य अवस्थालाई लिएर ओलीले दिने भावनात्मक सम्बोधनहरुले उनको केही गरेर अमिट छाप छाड्ने अभिलाशालाई अभिव्यक्त गरिरहेको अनुभूति हुँदै आएको थियो।

प्रकाशित मिति: : 2019-11-24 15:37:14

प्रतिकृया दिनुहोस्