समाचार टिप्पणी कार्यसम्पादनमा दोस्रो रहेका श्रममन्त्री विष्ट किन हटाइए ?

तस्बिरः रातोपाटी

२१ महिना लामो जिम्मेवारीपछि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीहरुलाई बिदा गरेका छन् । मन्त्रीहरुलाई बिदा गर्नुको कारणमा ‘कार्यसम्पादन चित्तबुझ्दो नभएको’ भनिएको छ । तर, कार्यसम्पादन मूल्याङ्कनमा नै राम्रो अगाडि रहेका मन्त्रीले समेत मन्त्री पद गुमाउन पुगेका छन् ।

प्रधानमन्त्री कार्यालयले गरेको कार्यसम्पादन मूल्याङ्कनमा दुई नम्बरमा रहे पनि श्रममन्त्री गोकर्ण विष्टले भने मन्त्री पद छाड्नुपर्यो । प्रधानमन्त्री कार्यालयले गरेको कार्यसम्पादन मूल्याङ्कनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली एक नम्बरमा थिए भने श्रममन्त्री गोकर्ण विष्ट दुई नम्बरमा रहेका थिए ।

 
प्रकाशित मिति: : 2019-11-21 12:53:09

प्रतिकृया दिनुहोस्