राजस्व छल्नेहरू धमाधम फन्दामा : १७ महिनामा १७ अर्बकै बिगो

तस्बिरः राजधानी

काठमाडौं ।  राजस्व छली गर्नेहरूको अपराध शृंखलामा कमी आउन सकेको छैन । राजस्व छली गर्नेहरूले नयाँ नयाँ पद्धति अपनाउन थालेका छन् । नयाँ प्रविधिको विकाससँगै अहिले मुलुकमा राजस्व छलीका अनेक रूप देखिन थालेका छन् ।

राजस्वमाराले योजनाबद्ध रूपमा अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्री–वितरण गर्ने, फल्सबटम बनाउने, नक्कली बिजक प्रयोग गर्नेदेखि मूल्य अभिवृद्धिकर (भ्याट) बिलको नक्कली कारोबार गरी राजस्व छली गर्दै आइरहेको राजस्व अनुसन्धान विभागका अधिकारीले बताएका छन् । विभागका अधिकारीका अनुसार राजस्व छली गर्नेहरूले गैरकानुनी रूपमा नेपाल भिœयाइएका चोरीका गाडी वैधानिक बनाउन खोज्ने र भन्सार नाकाबाट ठूलो परिमाणको तयारी मासुसमेत काठमाडांै ल्याएको भेटिएपछि राजस्व छलीका विभिन्न रूप प्रकट हुन थालेका हुन् ।

प्रकाशित मिति: : 2019-11-21 07:20:33

प्रतिकृया दिनुहोस्