सात मन्त्री पदमुक्त, नौ नियुक्त
राज्यमन्त्रीसहित सात मन्त्री हटाएर प्रधानमन्त्री केपी ओलीले सरकारमा नौ मन्त्री भित्र्याएका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा नयाँ ६ मन्त्री र तीन राज्यमन्त्री छन् । बुधबार राति राष्ट्रपति कार्यालयमा पठाइएको सूचीअनुसार हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ मन्त्री बनेका छन् । त्यस्तै, मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर राज्यमन्त्रीमा छानिएका छन् ।
त्रिपाठीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा पाएका छन् । तत्कालीन एमालेको सूर्य चुनाव चिह्न लिएर उनी प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी–१ बाट विजयी भएका थिए । घनश्याम भुसालले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको जिम्मा पाएका छन् भने लेखराज भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाइएको छ । भुसाल पूर्वएमाले र भट्ट पूर्वमाओवादी समूहका नेता हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रामेश्वर राय यादवलाई दिइएको छ । कांग्रेस प्रवेश गर्नुअघि विजयकुमार गच्छदारको पार्टीमा रहेका यादवलाई पछि प्रचण्डले माओवादी केन्द्रमा भित्र्याएका थिए ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया