ढिला गर्नै नहुने काम

Photo Credit :Lokantar

नेपाली भूमिलाई आफ्नोमा पारेर भारतले नयाँ राजनीतिक नक्सा जारी गरेपछि नेपाली समाजको विभिन्न तप्का आन्दोलित छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट सेना फिर्ता गर्न भारतलाई सार्वजनिकरूपमै आग्रह गरेका छन् ।

आइतवार काठमाडौंमा भएको राष्ट्रिय युवा संघको एकता भेलामा ओलीले कागजी नक्सा मात्र होइन जमिन नै फिर्ता ल्याउने उद्घोष गरेका हुन् ।

नेपाली भूमिको रक्षामा प्रधानमन्त्री ओलीले देखाएको अडान स्वागतयोग्य र प्रशंसनीय छ ।

नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमणविरुद्ध नेपालका राजनीतिक दलहरू एक ठाउँ उभिँदा भारतसँग अड्डी कसेर कुरा गर्न प्रधानमन्त्री ओलीलाई ऊर्जा प्रदान गरेको छ ।

प्रकाशित मिति: : 2019-11-20 15:23:19

प्रतिकृया दिनुहोस्