रौतहट प्रहरी चौकी आक्रमणः आलमकै समर्थकमाथि आशंका

तस्बिरः बाह्रखरी

काठमाडौं । गत मंगलबार रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा बम प्रहार भयो । बम विस्फोटमा परेर ‘सेन्ट्री’मा खटिएका प्रहरी जवान रञ्जित यादव घाइते भए । प्रहरीले बम प्रहारमा संलग्न भएको आरोपमा भारत विहारको ढाकाका २५ वर्षीय चन्दन कुमारलाई पक्राउ गर्‍यो । चन्दनसहित दुईजना बीआर ०५ एच ६५०९ नम्बरको मोटरसाइकलमा चढेर आएको खुलेको छ । चन्दन पक्राउ परे पनि अन्य एकजना फरार भए । प्रहरी चौकीमा बम प्रहार कसको योजनामा र किन गरियो भन्ने अनुसन्धान जारी छ ।

 

प्रकाशित मिति: : 2019-11-19 18:45:21

प्रतिकृया दिनुहोस्