छिनाेले जाेडेकाे हरिमायाको जीवन

तस्बिरः देशसञ्चार

बिगत १८ वर्षदेखि उनको नाता काठसँग छ । १५ वर्षकै कलिलो उमेरमा दाइहरुको संगतमा ललितपुरको खोकनाकी हरिमाया महर्जनले काठमा बुट्टा भर्न सिकिन् । त्यसयता लगातार हरिमायाले काठमा विभिन्न आकृति कुँदेकी छन् । ३३ वर्षकी उनको हातमा सानैमा बसेको सिप निखारिँदै गएको छ । सादा काठलाई विभिन्न आकृति दिँदै जाँदा उनलाई रमाइलो लाग्छ ।

केही समय अघि देश सञ्चारकी फोटो पत्रकार बर्षा शाह हरिमायाको घरमा पुगेकी थिइन् । सधैँजस्तै हरिमाया एक सुरमा थिइन्, उनका आँखा बुट्टा कुँदै गरेको काठमा परेको छिनोको टुप्पोमा थियो । अर्को हातमा रहेको हताैडाले छिनोको माथिल्लो भागमा हानिरहेकी थिइन् ।

 

प्रकाशित मिति: : 2019-11-17 13:54:20

प्रतिकृया दिनुहोस्