बर्खास्त भएका चार खेलाडीले एन्फा होस्टेल छोडे, उनीहरुमाथि अनुसन्धान गर्न एन्फा बैठक बस्दै

तस्बिरः नेपाल न्यूज

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बर्खास्तीमा परेका राष्ट्रिय टोलीका चार खेलाडी माथि अनुसन्धान सुरु गरेको छ। विश्वकप तथा एसियन कपको छनोटका लागि भुटान प्रस्थान गर्ने बेलामा बिमल घर्ती मगर, अन्जन विष्ट, दिनेश राजबंशी र सन्तोष तामाङलाई अनुशासन उलंघन गरेको भन्दै बर्खास्त गरिएको थियो।

बर्खास्तीमा परेपछि बाँकी रहेका १८ जना खेलाडीमा सुबास गुरुङलाई समावेश गरेर १९ खेलाडीसहितको टोली बिमानस्थल गएको थियो। व्यावसायिक फुटबलको लागि इण्डोनेसिया रहेका रोहित चन्द सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय टोलीमा सहभागी भएका थिए।

एन्फाले राष्ट्रीय टीममा परेका खेलाडीलाई होस्टलमा राख्नने गर्छ। राष्ट्रिय टिम भुटान प्रस्थान गरेपछि बर्खास्तीमा परेका चार जना खेलाडी होस्टलबाट बाहिरिएका छन्।

प्रकाशित मिति: : 2019-11-17 13:50:12

प्रतिकृया दिनुहोस्