जहाँ स्वार्थ, त्यहाँ विकास

१) मकवानपुरको राक्सिराङस्थित मानेडाँडा–सिलाधुनी–थाहापहरा–ठूलोटोड्के सडकमा चालक र सहचालकसँगै पुरिएको जोडर। फाइल फोटो ।

प्रदेश ३ ब्युरो

मकवानपुरको पश्चिमी राक्सिराङ गाउँपालिकास्थित खैराङमा रहेको ठूलोटोड्के–ज्याबराङ–चरीमारा सडक गाउँपालिका र प्रदेश सरकारले निर्माण ग¥यो। सडक ठाउँठाउँमा भत्किसकेको छ। पदैल यात्रीलाई पनि समस्या छ।

आव ०७५÷७६ मा राक्सिराङ गाउँपालिकाले सडक निर्माण गरेपछि ३ नम्बर प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले फराकिलो बनाउन लगानी ग¥यो। दुई निकायले निर्माण गर्दा पनि सडक निर्माण पूरा हुन सकेको छैन।

मकवानपुरकै कैलाश गाउँपालिका–२ स्थित छ्याङदुङदेखि सानो डाँडाखर्कसम्मको सडक निर्माण सम्पन्न भएपछि उपभोक्ता समितिले भुक्तानी लिन तीन महिना गाउँपालिका धाउनुप¥यो। अन्यत्रबाट डोजर ल्याएर प्रयोग गरेको भन्दै जनप्रतिनिधिले निर्माण सम्पन्न भएको सिफारिस र भुक्तानीमा दुःख दिएको उपभोक्ता समितिकी अध्यक्ष सरिता मगर बताउँछिन्।

प्रकाशित मिति: : 2019-11-17 07:04:31

प्रतिकृया दिनुहोस्