काम नगर्ने ठेकेदारको फोटो गाडीमा

बिएल

खाडीचौर–चरिकोट सडक अन्तर्गत मुडे–चरिकोट सडकखण्डको स्तरोन्नतीमा बेवास्ता गर्ने ठेकेदारको फोटो सार्वजनिक सवारी साधनमा टाँसी विरोध गर्न सुरु गरिएको छ।
    
दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको ठेकेदार कम्पनीले चार वर्ष बितिसक्दा पनि कालोपत्रे नगरेकोले ठेकेदारलाई नैतिक दबाव दिन दोलखा जिल्लाका स्थानीयले सार्वजनिक तथा निजी सवारी साधनमा काम नगर्ने ठेकेदारको फोटो टाँसी विरोध गर्न गरेका हुन्।

स्थानीयले स्वस्फूर्त खर्च संकलन गरेर काम नगर्ने ठेकेदारलाई सबैले चिनुन् र थप नैतिक दबाव परेर सडक निर्माणमा चासो राखुन् भन्ने उद्देश्यले ठेकेदार कम्पनीका मालिकको फोटो टाँसी विरोध गरेका हुन्।

प्रकाशित मिति: : 2019-11-16 17:34:31

प्रतिकृया दिनुहोस्