जेएनयूको शुल्क वृद्धिले गरिब विद्यार्थीमा परेको सकस

तस्बिरः नेपाल लाइभ

दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)का विद्यार्थी शुल्क वृद्‍धिको विरोधमा उत्रिएका छन्। जेएनयूको नयाँ नियमअनुसार छात्रबासमा एकजना बस्ने कोठाको मासिक शुल्क २० रुपैंयाबाट बढाएर ६ सय रुपैंया र दुई जना बस्ने कोठाको शुल्क १० रुपैंयाबाट बढाएर ३ सय रुपैंया पुर्‍याइएको थियो।

 विद्यार्थीको प्रदर्शनपछि यसलाई क्रमशः ३ सय र १ सय ५० रुपैंया पुर्‍याइएको छ। सरकारले यसलाई भारी कटौती भन्दै आएको छ। 

 शुल्क बढाएकोमा हजारौंको संख्यामा रहेका आक्रोशित विद्यार्थीले सोमबार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म प्रदर्शन गरेका थिए। पहिला तिर्न नपर्ने सर्भिस चार्जमा अब विद्यार्थीहरूले कुल खर्चको आधा शुल्क बुझाउनुपर्ने हुन्छ।

प्रकाशित मिति: : 2019-11-16 07:44:56

प्रतिकृया दिनुहोस्