कालापानी अतिक्रमण विवादमा चीन बोल्दा नेपालको हात माथि !

एक साता लामो मौनता तोड्दै भारतले गरेको नेपाली सीमा अतिक्रमण विवादमा चीनले मुख खोलेपछि समस्या समाधानका लागि बाटो फराकिलो भएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेङ सुआङले बिहीवार विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कालापानी क्षेत्रबारे नेपाल र भारतले शान्तिपूर्ण वार्ता गरेर समाधान खोज्नुपर्ने बताएका थिए ।

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सियालोङले बिहीवार जारी विज्ञप्तिमा मैत्रीपूर्ण परामर्श र संवादमार्फत कालापानीको विवाद समाधान गर्ने अपेक्षा चीनले राखेको जनाएका थिए । कालापानीबारे बोलेपनि चीनले लिपुलेक र लिम्पियाधुराबारे भने केही बोलेको छैन ।

१ नोभेम्बरमा भारतले चीनसँग जोडिएको नेपाली भूमि लिपुलेक र कालापानी समेतलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि सीमा विवाद सतहमा आएको छ । कालापानीमा भारतीय पक्षबाट भइरहेको बलमिच्याइँबारे नेपाल एक्लै बोलिरहेको समयमा चीनले मुख खोल्नु नेपालको हितमा रहेको जानकारहरू बताउँछन् ।

प्रकाशित मिति: : 2019-11-15 18:47:35

प्रतिकृया दिनुहोस्