आलम जेल गएपछि त्रिलोकका बुवाले भने : अब छोराको किरिया गर्छु

रौतहट : रौतहटको राजपुरमा बम विस्फोटपछि घाइते भइ इँटा भट्टामा जिउँदै हालेर जलाइएका त्रिलोक प्रताप सिंहका बुवाले न्याय मिलेको बताएका छन्।  छोरालाई जिउँदै जलाएको अभियोगमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनका बुवा श्रीनारायण सिंहले यस्तो बताएका हुन्।  ‘इँटा भट्टामा हालेर जिउँदै मारिएको छोरोबारे झुटो बोल्न लगाइयो’, अदालतमा परिसरमा उनले भने, ‘अब भारतको बनारसमा गएर छोराको काजकिरिया गर्छु।’ बम विष्फोटको घटनामा मुख्य अभियुक्तका रुपमा पक्राउ परेका रौतहट क्षेत्र नं. २ का सांसद आफताब आलमलाई जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । 

प्रकाशित मिति: : 2019-11-15 18:42:21

प्रतिकृया दिनुहोस्