बालुवाटारमा त्यो चार घण्टा : केपी ओली बोलिरहे, माधव नेपाल सुनिरहे...

काठमाडौँ– भदौ ५ गते प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिङ्गापुर जाँदै थिए । सिङ्गापुर उड्नुअघि नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बोलाएको सचिवालय भने सुखद् रहेन । कारण थियो– नेकपाकै वरिष्ठ नेता माधव नेपालसँगको चर्काचर्की । चर्काचर्की त्यो हदसम्म रह्यो कि ‘आफ्नो मृत्युको कामना गर्ने काम माधव नेपालबाट भएको’ सम्मको आरोप ओलीले लगाए ।सो बैठकमा ओलीले आफू उपचारका लागि सिङ्गापुरमा जान लागेको र आफ्नो अनुपस्थितिमा पनि पार्टीले निर्णय लिन सक्ने तर त्यसका लागि आफूसँग सहमति लिनुपर्ने बताएका थिए । ओलीको सो भनाइ नेपालले प्रतिवाद गर्नेवित्तिकै ओली जङ्गिएका थिए । 

प्रकाशित मिति: : 2019-11-14 21:04:56

प्रतिकृया दिनुहोस्