एम्बुलेन्सचालकलाई भोज खुवाएर अस्पतालको अफर : एक बिरामी ल्याउनेलाई सात हजार कमिसन

तस्बिरः नयाँ पत्रिका

काठमाडौंको नेपाल नेसनल हस्पिटलले एकैपटक ३५ एम्बुलेन्सचालक भेला गरेर चितवनको न्यु पिस फेमिली कटेजमा भोज दियो, हस्पिटलका बिजनेस डेभलपमेन्ट अफिसरले जुनसुकै रोगका बिरामी ल्याएमा सात हजार कमिसन दिने घोषणा गर्दै ज्याकेट पनि वितरण गरे 

स्वास्थ्य क्षेत्रमा विकृति बढ्दै जाँदा उपचार र विश्वसनीयताका आधारमा होइन, कमिसनका आधारमा बिरामी जम्मा गर्ने प्रतिस्पर्धा बढेको छ । यही क्रममा काठमाडौंको नेपाल नेसनल हस्पिटलले एउटा बिरामी ल्याउने एम्बुलेन्सचालकलाई सात हजार कमिसन दिने घोषणा गरेको छ । बुधबार चितवनका करिब ३५ एम्बुलेन्सचालकलाई न्यु पिस फेमिली कटेजमा बोलाएर भोजसहित ज्याकेट पनि वितरण गरिएको छ । 

प्रकाशित मिति: : 2019-11-14 06:47:06

प्रतिकृया दिनुहोस्